Thursday, November 30, 2023

NRNA चुनाब अपडेट: गायिका ज्योती मगरको बिनम्र अनुरोध भनिन अत्याधिक मतले उपाध्यक्ष पदमा बिजय गराईदिनु

१४ अक्टोवर । काठमाडौं

गैर आवासीय नेपाली संध (एनआरएनए) को आसन्न एघारौं महाधिवेशनमा जापान बाट उपाध्यक्ष पदका उम्मेद्वार श्री रोबिन प्रसाद शेरचनको उम्मेदवारीलाई नेपालका चर्चित कलाकारहरुले बिभिन्न रुपमा हेर्ने र व्याख्या गर्ने क्रम अझ पनि जारी रहेको छ केही दिन अगाडि मात्रै उम्मेदवारी दर्ता गर्नुभएका शेरचन लाई नेपालका चर्चित गायिका ज्योति मगरले पनि खुलेर प्रशंसा गरेकी छिन् र सम्पूण महादिवेसन प्रतिनिधीहरूलाई भोट गर्न सार्वजनिक अपिल समेत गरेकी छिन् । उनले आफ्नो फेसबुक वालमा लेखेकी छिन्

“जापान लाई कर्मथलो बनाई विभिन संघ संस्थामा रही सामाजिक कार्यमा अग्रसर भुमीका खेल्दै समाज रुपान्तरमा अग्रसर भुमीका खेल्नुहुने समाजसेवी रोबिन प्रसाद शेरचन ज्युलाई गैरआवासीय नेपाली संघ ११औ महाधिवेशन २०२३-२०२५ को उपाध्यक्ष पदकोलागी अत्यधिक मत दिई बिजयी गराईदिनु हुन विनम्र अनुरोध र साथ समर्थन सहित शुभकामना” भन्दै सन्देस सहितको पोस्ट र निर्वाचन पोस्टर समेत सार्वजनिक गरेकिछन् ।

यसभन्दा अगाडि पनि नेपालका चर्चित तथा वरिष्ठ गायकहरू दीप श्रेष्ठ, ओमविक्रम विष्ट, राजेशपायल राई, यम बराल, बिजय लामा, निमा रुम्बा लगायत अन्य चर्चित गायक गायिकाहरुले पनि रोबिन शेरचनको पक्षमा खुलेर आफ्ना विदेशस्थित गैरआवसिय नेपालीहरूलाई सार्वजनिक अपिल गरेका थिए ।

जापानमा रहेर व्यवसाय र समाजसेवामा आवद्ध शेरचन जापानमा रहेका नेपालीहरुलाई परेको समस्या समाधान गर्ने दुखाइको घाउमा मलम लगाउने र नेपालमा परेको प्राकृतिक विपत्तिमा योगदान गर्दै आएका छन् । उनलाई सबैले भन्छन् कि उनी शिधा र सच्चा मानिस हुन् त्यसकारण उनले यस चुनाव जित्नै पर्छ र यो पद रोबिन जस्तो मानिसको लागि नै निकै उपयुक्त छ भन्ने सबैको धारणा पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *