काठमाडौं नेपाल :क्यानडामा आफ्नो बौद्धिकताको अनुपम प्रयोग गर्दै आउनु भएका नेपालीमुलका बैज्ञानिक डा.कनराड रिजालले स्थापना गरेको कम्पनी ‘सिड नानो टेक’को निरिक्षण अन्टारियो नागरिकता र बहुसांस्कृतिकता मन्त्री माइकल फोर्डले ‘गरेका छन
त्यस क्रममा अन्टारियोका लागि ब्राम्पटनकी एकजना मन्त्री चर्मिन विलियम्स पनि उपस्थित थिइन्।चर्मिन विलियम्स क्यानाडाली राजनीतिज्ञ हुन्, हाल महिलाको सामाजिक र आर्थिक अवसरको सहयोगी मन्त्रीको रूपमा सेवा गरिरहेकी छिन ।कम्पनीका स्थापक तथा सञ्चालन कनराड रिजालले नानो टेक्नोलोजी, कम्पनीले गरिरहेको अनुसन्धान र त्यसको प्रगति तथा विद्यार्थीहरूलाई पुर्याइरेको सहयोगका बारेमा प्रस्तुति दिएका थिए।
अन्टारियो सरकारले गत बुधबार १२ सय आदिवासी, अश्वेत र अल्प संख्यक अन्य जातिका उद्यमीहरूलाई व्यवसाय सुरु गर्न र अघि बढाउने कार्यका लागि मद्दत गर्न रेज कार्यक्रम अन्तर्गत तीन वर्षका लागि थप एक करोड ५० लाख डलर लगानी गर्ने घोषणा गरेको थियो।
२०२२ मा पाइलट कार्यक्रका रूपमा सुरु गरिएको रेज कार्यक्रम अन्तर्गत ५० लाख डलरको लगानीमा ४ सय भन्दा बढी आदिवासी, अश्वेत र अल्पसंख्यक जातिका उद्यमीहरूलाई सहयोग गरेको थियो।
यस कार्यक्रमले आफ्नो व्यवसाय सुरु गर्न र अघि बढाउनमा प्रणालीगत अवरोधहरूको सामना गरिरहेका उद्यमीहरूलाई अनलाइन व्यापार प्रशिक्षण र १० हजार डलरको अनुदान प्रदान गर्दछ।
सरकारले २०२३-०२४ का लागि ४५० उद्यमीहरूलाई व्यवसाय सुरु गर्न वा फैलाउन अनलाइन प्रशिक्षणद्वारा व्यापार, नगद प्रवाह व्यवस्थापन, व्यापार सञ्चालन, मार्केटिङ र सार्वजनिक सम्बन्ध रणनीतिहरू र डिजिटल रूपान्तरण बारे जानकारी गराउने छ।
स्वास्थ्य सेवा, ऊर्जा र वातावरणलगायत विभिन्न उद्योगहरूका लागि न्यानो टेक्नोलोजीको विकासमा लागेको सिड नानोटेक इन्टरनेशनल, ब्राम्प्टन पनि त्यस्तो सहयोग प्राप्त गर्ने एउटा कम्पनी हो।
कम्पनीका संस्थापक तथा सञ्चालक डा. कनराड रिजालले अन्टारियो सरकारको उद्यमीलाई सहयोग गर्ने प्रतिबद्धताको प्रशंसा गर्ने बताए।
रेज कार्यक्रम अन्तर्गत प्राप्त आर्थिक सहयोगले कम्पनीको विस्तार गर्न र अनुसन्धान क्षमता बढाउन महत्वपूर्ण सावित भएको उल्लेख गर्दै अनुदानले अत्याधुनिक उपकरण, सफ्टवेयरमा लगानी गर्नका साथै अन्तर्राष्ट्रिय अनुसन्धान र सञ्जाल बढाउन सक्षम बनाएको पनि उल्लेख गरे।
