डेमोक्रेसी सम्बादाता,घोडाघोडी नगरपालिका वार्ड न ९ मा आज अति बिपन्न ५ परिवार लाई केही नहुनेका लागि हामी छौ अभियान ले खाधान्न सामाग्री सहयोग बितरण गरेको छ। युवा ब्यबसायी गोबिन्द बुढा को आर्थिक सहयोग मा वहाँ कै उपस्थिति मा खाधान्न सामग्री बितरण गरिएको हो।यश अभियान अन्तर्गत युवा तथा प्राध्यापक हरु जोडिनु भएको छ।घोडाघोडी क्याम्पस का पुर्ब क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई, रास्ट्रिय कलेज सुखड्का कलेज प्रमुख कर्ण भण्डारी, प्राध्यापक जानू भन्डारी,घोडाघोडी उधोग बाणिज्य संघ को पुर्ब उपाध्यक्ष होम प्रसाद आचार्य, युवा ब्यबसायी थम्मन बोहरा, युवा तथा बिद्यार्थी धर्मेन्द्र बिष्ट लगायतका अभियान्ता हरु जोडिनु भएको छ। यस्ता सहयोग निरन्तर हुनुपर्ने आजका सहभागी ईलाका प्रहरी कार्यालय सुखड का इन्सपेक्टर हरि शरण भट्ट ले बताए ।यस्ता सहयोगि मन तथा अभियान ले गर्दा जनता को लागी काम गर्न थप हौसला र उर्जा मिलेको ९ न.वडा अध्यक्ष कृष्ण शाहले बताउनु भयो । साथै अभियान जारी रहने र अभियानमा जोडिन र सहयोग गर्न चाहानेका लागि स्वागत गर्न आतुर रहेको अभियान का सयोजक लक्ष्मी प्र. भट्टराई ले बताए ।।फोटो



