Thursday, September 28, 2023

कर्मचारीमा कोरोना पुष्टि भएपछि टीकापुर नगरपालिका सिल गर्ने तयारी

कैलालीको टीकापुर नगरपालिकामा कार्यरत एकजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। एकजना पुरुष कर्मचारीमा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए। उनको सोमबार स्वाब संकलन गरिएको थियो।

कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका सिल गर्ने तयारी भइरहेको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले जानकारी दिए। उनले नगरपालिकाका सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिने बताए। आइतबारसम्म सबै कर्मचारीको स्वाब संकलन गरिने रावलले जानकारी दिए।

टीकापुर नगरपालिकामा आज मात्रै १० जनामा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *