डडेल्धुराको अमरगढी नगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षण उनीमा कोरोना संक्रमण देखिएको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले पुष्टि गरे।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको मेयर ओझाले बताए। ‘भरखरै अर्को निर्णय नहुँदासम्म नगरपालिका सिल गर्ने निर्णय भएको छ। अब सबै कर्मचारीको स्वाब संकलन गर्ने योजना रहेको छ’ उनले भने।