Saturday, September 23, 2023

कैलालीमा नेपाल टेलिकमको नेटवर्कमा समस्या, सञ्चार सेवा आशिंक अवरुद्ध

कैलालीमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ।

आज बिहानैदेखि जिल्लाको धनगढी उप–महानगरपालिका सहितका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि सञ्चार सेवा आशिंक रुपले अवरुद्ध भएको छ।

नेपाल टेलिकम दुरसञ्चार कार्यालय धनगढीका प्रमुख सरोज मल्लले अत्तरिया र गेटा क्षेत्रमा फाईबर ब्रेक हुँदा नेटवर्कमा समस्या भएको बताए। फाईबर ब्रेक भएपछि धनगढी सहित कैलाली जिल्लाकै सञ्चार सेवा आशिंक रुपले अवरुद्ध भएकाले मर्मत सम्भारको काम भईरहेको जानकारी दिए।

तर टेलिकमले फाईबर के कती कारणले ब्रेक भयो भन्ने कुरा यकिन हुन नसकेको जनाएको छ।

फाईबर ब्रेक भएपछि नेपाल टेलिकमको टेलिफोन सेवा आशिंक अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएपछि सास्ती खेप्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *