Tuesday, September 26, 2023

कैलालीका प्रहरी प्रमुखलाई कोरोना संक्रमण पुष्टि


धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक अनुपम शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एसपी जबरालाई मंगलवार कोरोना पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए।प्रहरी वरिष्ठ उपरिक्षक सिंहका अनुसार संक्रमण पुष्टि भएपछि उनी कार्यालयको आईसोलेसनमा बसेका छन्।

उनीसंगै चार जना प्रहरी कर्मचारीलाई मंगलवार संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *