Sunday, September 24, 2023

माधव नेपालले दिए राजिनामा !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई झ’ड्का लागेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको वि’रोध गर्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालसहित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई हजार बढी कार्यकर्ताले पार्टी प’रित्यागको घोषणा गरेका छन् ।नेपाल उद्योग परिसंघका प्रदेश ५ अध्यक्ष एजाज आलम, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपाल, रुपन्देही ब्यापार संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरालगायत २ हजारबढीले राजिनामा दिएको बताइएको छ ।३५ संस्थामा आवद्ध २२ सय ४९ जना पार्टी सदस्यले पार्टी छाडेको घोषणा गरेका हुन् । बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही ब्यापार संघ,रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायतका संस्थामा आवद्ध पार्टी सदस्यहरुले नेकपा छाड्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *