Tuesday, September 26, 2023

धनगढीमा कार्यरत थप २२ जना प्रहरीमा कोरोना पुष्टि

धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २२ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

उनीहरुलाई आईसोलेसनमा राखिएको विष्टले बताए। यसअघि मंगलवार जिल्ला प्रहरी कार्यालय कैलालीका प्र्रमुख तथा प्रहरी उपरिक्षक अनुपम शमशेर जबरासहित चार जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

योसंगै प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या दुई सय २८ पुगेको छ। एक सय २४ जना संक्रमण मुक्त भएका छन् भने एक सय चार जना संक्रिय संक्रमित रहेका छन्। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *