Thursday, September 28, 2023

थप ३ हजार ४३९ जनामा कोरोना पुष्टि : सक्रिय संक्रमित २५ हजार नाघे

देशभर पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार २०९ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ४३९ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो अपडेटअनुसार २५ हजार ७ जना सक्रिय संक्रमित पुगेका छन्। स्वास्थ्य मन्त्रालयले यसअघि २५ हजार सक्रिय संक्रमित संख्या नाघेमा लकडाउनमा जाने भनेको थियो।

दशैं नजिकिएको समयमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पटकपटक दशैंमा गाउँ नजान आग्रह गर्दै आएका छन्।

देशभर कोभिड संक्रमितको संख्या केही दिनमा लाख पुग्ने अनुमान गरिएको छ। हालसम्म संक्रमितको संख्या ९४ हजार २५३ जना पुगिसकेको छ।

कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर १५ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७८ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *