Thursday, September 28, 2023

कैलालीमा बुवाबाटै ११ वर्षीया छोरी बलात्कृत

कैलालीमा बुवाबाटै  ११ वर्षीया बालिका बलात्कृत भएकी छन्।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ मा ४५ वर्षीय बुवाले छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बुवाले छोरीमाथि जबरजस्तीकरणी गरेको दावी सहित जाहेरी दर्ता भएको जानकारी दिए।

गत शनिबार राती छोरीमाथि उनले जबरजस्तीकरणी गरेको उल्लेख गरिएको जनाउँदै प्रहरी नायब उपरिक्षक विष्टले आईतबारदेखि नै उनी फरार रहेकाले खोजी कार्य भईरहेको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *