Saturday, September 23, 2023

बझाङमा अरिङ्गालले टोक्दा एक बालकको मृत्यु

बझाङको बुङगल नगरपालिकामा अरिङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ। अरिङ्गालले टोक्दा  बुङगल नगरपालिका–४ डिलका पदम ओखेडाका १० वर्षीय छोरा प्रभाकर ओखेडाको ज्यान गएको हो।

बुधबार साँझ घर नजिकैको खेतमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियो। अरिङ्गालले टोकेर घाइते भएका ओखेडाको गएराति नै मृत्यु भएको मृतकका आफन्त सुरेश ओखेडाले बताए। 

अरिङ्गालले टोकेर घाइते बालकलाई स्थानीय मेडीकलमा प्राथमिक उपचार गरिएको थियो। उपचारका क्रममा प्रभाकरको ज्यान गएको आफन्त ओखेडाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *