Tuesday, September 26, 2023

कैलालिमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युुवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय सञ्जय चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

घर नजिकैको टेङ्ना खोलामा करेन्टबाट माछा मार्न गएका चौधरीलाई नै करेन्ट लागेर घाइते भएपछि उपचारका लागि घोडाघोडी अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा घोडाघोडी अस्पतालमा चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका डिएसपि सागर बोहराले जानकारी दिए । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीको भनार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *