Saturday, September 23, 2023

पर्सा प्रहरीद्वारा लागुअौषध सहित तिनजना मानिस पक्राउ

रंजित चौरसिया,वीरगंज २५ असोज। जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो मात्रामा अवैध लागु अौषध सहित ट्रक र मानिस नियन्त्रणमा लिएको छ।

बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालयको क्राईम ब्रान्च प्रमुख प्रकाश रावतको टोलीले एकिकृत चेक जाँच चौकी icp वाट चेकजाँच भई नेपालमा पास भएको अाएको एचअार ३८ भी ४८९५ नम्बरको भारतीय ट्रक वीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरी चौक नजिकमा रोकी चेकजाँच गर्दा गाडि चालक बसेको सिटमुनिमा लुकाई छुपाई राखेको अवैध लागु अौषध नुर्फिन २९७ एम्पुल ईन्जेक्सन, फेनारगन २९७ पिस, डाईजेपाम २९७ पिस, विन्सिरेक १००ml को १२०६ बोतल सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रबका मनोजित कुंवरले बताउनु भयो।

पक्राउ परेको ट्रक चालक भारत पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल गम्हरिया पोष्ट हर्दिया वडा नम्वर ४ बस्ने वर्ष २० को बिक्रान्त पटेल, सो ट्रकमा बस्ने सो वडाको बर्ष २८ को रामबालक राम, बर्ष २० को अाकाश राम सहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको पर्सा प्रहरी प्रवक्ता कुंवरले बताए।

पक्राउ परेको तिनै जनालाई लागु अौषध नियन्त्रण ऐन २०३३ को दफा १४ बिमोजिम मुद्दा चलाई कसुदारलाई २ बर्ष देखि १० बर्ष सम्म कैद र १ लाख देखि २० लाख सम्म जरिवाना हुने सक्ने पर्सा प्रहरीको प्रबक्ता मनोजित कुंवरले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *