Thursday, September 28, 2023

भन्सार छली ल्याएका कपडा वरामद

जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको ४ लाख ७५ हजार वराबरको अबैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु २ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९ सय ५० थान कुर्ता सलवार नियन्त्रणमा लिइएको हो। 

भरतपुर महानगरपालिका वडा नम्बर ३ शहिदचोक नजिक चेकजाँचको क्रममा आइतबार सो ट्रक नियन्त्रणमा लिईएको हो। 

ती सामान सामान, ट्रक, ट्रक चालक नवलपरासी पश्चिम सरावल गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षिय रामबहादुर चौधरी र ३५ वर्षीया मिना केसीलाई आबश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 7

Leave A Reply

Your email address will not be published. Required fields are marked *