Saturday, September 23, 2023

चाडपर्व विशेष सुरक्षा योजना : सुदूरपश्चिममा पाँच हजार प्रहरी परिचालन

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाड पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। प्रदेशको सुरक्षा व्यवस्थालाई भरपर्दो एवं मर्यादित बनाउनका लागि वडा दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो।  सुरक्षा योजनाअनुसार चाडपर्वको समयमा समाजमा हुने सामाजिक विकृतिदेखि सामाजमा घट्न सक्ने जघन्य अपराध समेतको न्यूनीकरणका लागि छुट्टाछुट्टै विशेष टोली गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेस कुमार सिंहका अनुसार गठन गरिएका टोलीको प्रत्यक्ष रुपमा सञ्चालन र नियमन प्रदेश प्रहरी कार्यालयले गर्ने व्यवस्था गरिएको छ। चाडपर्वका बेला प्रदेशभरी ७८ जना सादा पोशाकका प्रहरी कर्मचारीहरू परिचालन गरिने व्यवस्था मिलाइएको छ।  बैंक तथा वित्तीय संस्थाहरु र सुनचाँदीको कारोबार हुने स्थानहरूलाई मात्रै लक्षित गरी प्रदेशभरि १३३ जना प्रहरी परिचालन हुनेछन्, उनले भने, ‘दुर्घटना न्यूनीकरणका लगि २०८ जना प्रहरी कर्मचारीहरु विभिन्न स्थानमा खटिनेछन्।‘ यात्रुलगायत समस्यामा परेका व्यक्तिहरुको सहजीकरणका लागि प्रदेशका ४० ठाउँमा हेल्प डेस्क स्थापना गरिएको उनले बताए।  उपभोक्ताको हक हित संरक्षणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमनको कार्यलाई नियमित र प्रभावकारी बनाउने रणनीति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले लिएको छ। कोभिड १९ को संक्रमणको जोखिमलाई कम गर्न छुट्टै विशेष योजनासमेत बनाई कार्यान्वयन गरिएको प्रवक्ता सिंहको भनाइ रहेको छ। चाडपर्वको समयमा अपनाउनुपर्ने सावधानी विषयक सेचतनामूलक कार्यक्रम र क्रियाकलापहरूको समेत सुरक्षा योजनामा समाविष्ट गरिएका छन्। वडा दशैं, दीपावली र छठ पर्वमा प्रदेशभरिको समग्र शान्ति शुरक्षा र सु व्यवस्थाका लागि कुल पाँच हजार ५० जना प्रहरी कर्मचारी परिचालित हुने छन्। अधिक सवारी चापका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्ने, अत्यधिक मादक पदार्थ सेवन, जुवातास जस्ता विकृतिलाई परम्पराको रुपमा अवलम्बन गर्ने कार्यलाई निरुत्साहित गर्न प्रहरी परिचालन हुन छ प्रवक्ता सिंहले भने,‘भन्सार चोरी, तस्करी, भुइँचम्पाा, पटाका, लगायतका विष्फोटक पदार्थको प्रयोगमा कमी ल्याउन र चोरी डकैती, लुटपाट, महिला एवं बालबालिका माथि हुने दुर्व्यवहार, यौनजन्य हिंसा, कालोबजारीलगायत न्यूनीकरणका लागि कार्यहरू अगाडि बढाइएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *