Thursday, September 28, 2023

धनगढीमा एकै चौकीका इन्चार्ज सहित १० प्रहरीमाथि कारबाहीको तयारी

धनगढीको सीमा प्रहरी चौकी बहुलियाका सई सहितका १० प्रहरीमाथि कारबाही गरिने भएको छ।

पेशागत आचरण अनुसार काम नगरेको आरोपमा प्रहरी चौकी बहुलियाका इन्चार्ज प्रहरी नायब निरिक्षक गोपाल कार्की सहितका १० जना प्रहरीमाथि कारवाही हुने भएको हो।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले काम कारवाही सन्तोशजनक नदेखिएपछि चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानेर छानविन भईरहेको जानकारी दिए।

जिल्ला तानिनेमा कार्यालय सहयोगीदेखि इन्चार्ज सम्मका प्रहरी कर्मचारी रहेको बताए। जसमा इन्चार्ज कार्की सहितका तीन प्रहरीलाई गत साउन २८ मा हिरासतमा लिईएको फूलबारीका अमरबहादुर चन्दको मृत्यु प्रकरणमा छानविनका लागि जिल्ला तानिएको थियो भने अन्य प्रहरीलाई पछि जिल्ला तानिएको हो।

प्रहरी सबै प्रहरीमाथि कारवाही गर्नुको कारण सन्तोशजनक काम नगरेको बताएपनि चन्दको मृत्यु प्रकरणमै अनुसन्धान गर्न उनीहरुलाई पनि जिल्ला तानेको स्रोत बताउँछ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले जिल्ला झिकाईएका प्रहरीमाथि छानविन भईरहेकाले दोषी देखिए कारवाही गरिने बताए।

गत २७ साउनमा मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरी चौकी बहुलियाले नियन्त्रणमा लिएका फूलबारीका अमरबहादुर चन्द घाँटी रेटेको अवस्थामा शौचालयमा मृत भेटिएका थिए।

तत्कालीन सयममा प्रहरीले चन्दले आत्महत्या गरेको दावी गरेपनि आफन्तले भने हत्याको आरोप लगाएका थिए।

घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने सहमतीपछि मृतकका आफन्तले शव बुझेका थिए। प्रहरीले छानविनका लागि एसपीको नेतृत्वमा टोली गठन गरेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *