Sunday, September 24, 2023

२२ के.जी सुन काण्डको एक पछि अर्को खुलासा

वीरगंज ३ कातिक
इरफान अली

जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंजको रेशमकोठिबाट पक्राउ गरेको २२ के.जी ५७६ ग्राम सुन र चाँदि प्रकरणको नया खुलासा भएको छ । बीरगंज महानगरपालिका वडा नं.५ रेशमकोठि स्थित श्रीगणेश अपार्टमोन्टमा बस्दै आएका अशोक सिन्हाको प्लाटबाट पर्सा प्रहरीले २२ के.जी ५७६ ग्राम सुन सहित केहि चाँदि को भाडा र गहना बरामद गरेको थियो ।

अशोक सिन्हा भने आफ्नो कोठामा उपस्थित थिएनन भारतीय नागरिक अशोक सिन्हाका छोरा शुसान्त सिन्हाले एक अडियो सार्वजनिक गरी काण्डमा परिवारका केहि कसैको पनि संलग्नता नरहेको उल्लेख गदै आफ्ना बुवा दुई वर्ष देखिको मेदान्त अस्पतालमा उपचार गराई रहेको दावी गदै शुसान्त सिन्हाले प्रहरीले पक्राउ गरेको सुन र चाँदिको गहना र भाडा दुई वर्ष अगाडि काठमाण्डौ सागर त्यागी संग खरिद गरेको दावी गरेका छन् ।

सुन प्रकरणमा आफ्नो परिवारका कुनै पनि सदस्यहरुलाई नमुच्छन आग्रह गर्दै शुसान्त सिन्हाले आफ्ना पिता अशोक सिन्हा १५ वर्ष अगाडि परिवारबाट अलग भएर बसेको बताउदै सुन काण्डमा काठमाण्डौको ठुला मानिसहरुको संलग्नता रहेको पनि आरोप लगाएका छन् अशोक सिन्हाको छोरा शुसान्त सिन्हाको पछिल्ला भनाईले २२ के.जी सुन प्रकरणले नया मोड लिएको छ । प्रहरीले थप अनुशन्धान गदै जाने हो भने थप प्रमाण फेला पर्न सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *