Saturday, September 23, 2023

कोरोना संक्रमणबाट डोटीका कांग्रेस नेता पुनकाे निधन

बुधबार सेती प्रादेशिक अस्पतालमा उपचाररत नेपाली कांग्रेस डोटीका नेता तेज पुनको निधन भएको छ।

केआईसिंह गाउँपालिका–४ वायलका ५० वर्षीय पुनको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार उपचार लागि आएका उनको आइसियुमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

पुन नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *