Sunday, September 24, 2023

कोरोनाकहरमा बराहक्षेत्रदेखि लुक्लासम्मको यात्रा संस्मरण

२०७७ साल असोज ३० गते बराहक्षेत्र ३, नडाहाबाट फाप्लु, सोलुखुम्बु सम्मको यात्रा स्कुटरमा तय गरियो र त्यो रात साँझ ७.३० बजे हर्कपुर ओखलढुंगामा आएर बास बसियो I पुनः भोलि पल्ट बिहान ८.३० बजे फाप्लुको यात्रा सुरु गरियो र बेलुका ५ बजे फाप्लु विमानस्थल अगाडी पुगेर एक होटेलमा बसियो I

त्यसको भोलिपल्ट एक्कासी लुक्ला जाने इच्छा जाग्यो तर हवाईजहाज छुट्यो, त्यसपछि फाप्लुबाट सन्तोष काका र म बोलेरो गाडी रिजर्भ गरि ताकसिंडू पुगियो अनि त्यहाँ खाना खाएर जिन्दगानीमा अहिले सम्मकै साहसिक निर्णय गरियो कि त्यहाँबाट हिंडेर लुक्ला पुग्ने… I

उक्त निर्णयपश्चात दिउँसो १.२० बजे ताक्सिंडूबाट झोला बोकेर लागियो लुक्ला, तर बाटोमा दुइरात बास बस्नु पर्यो I पहिलोरात च्योखा, जुभिंग, दुधकोशी गाउँपालिका र दोस्रोरात छेउबास, खुम्बु पासांगल्हामु गाउँपालिका I छेउबासबाट आज बिहान (२०७७ असोज ४ गते) ७.१५ बजे हिंडेर आजै बिहान ११.३० बजे लुक्ला बजार आइपुगियो I

यो नै जिन्दगीको मेरो पहिलो कठिन एवम साहसिक यात्रा हो I
वास्तवमा, लुक्ला पुग्न धेरै संघर्ष गर्नुपर्यो I पहिलो त जंगलमा लुटिने पो हौँ कि भन्ने, दोश्रो जंगली जनावरहरु (जस्तै भुइभालु, रुखभालु, चितुवा, हिमचितुवा, विषालु सर्प, जरायो, कस्तुरी आदि) को आक्रमणमा पो परिने हौँ कि भन्ने, तेश्रो पी. सी. आर. जाँचको प्रतिवेदन देखाउनु पर्ने, त्यो हामीसंग साथमा थिएन I खरिखोला भन्ने ठाउँमा त्यहाँका युवाहरुले सोधपुछ गर्नुभयो र यदि पी. सी. आर. जाँचको प्रतिवेदन साथमा छैनभने पैया भन्ने ठाउबाट अगाडी जान सक्नुहुन्न त्यसैले फर्किनुस भन्नुभयो, तर हामी पुनः हिंडेर फर्किन सक्ने अवस्थामा थिएनौं, तेइभएर अगाडी बढ्यौं र पैया भन्ने ठाउँ काट्न साँझको समयमा खच्चड गोठालो भएर हिड्नु पर्यो I

यो जिन्दगानीमा खच्चडले धेरै ठुलो गुन लगाएको छ I यदि ती खच्चडहरु भारि बोकेर त्यसबखत त्यहाँ नआइपुगेका भए, पासांगल्हामु गाउँपालिकाका कर्मचारी र स्थानीय बासिन्दाहरुको सोधपुछमा परि हामी त्यहींबाट फर्किनुपर्ने प्राय निश्चित नै थियो I जुनबेला हामी खच्चडको पर्खाइमा थियौं, त्यसबेला बाटोमा तीनजना युवतीहरुसंग हाम्रो भेट भयो I उहाँहरुले हामी सोलु बाहिरबाट आएको प्रष्टै संग थाहापाइहाल्नु भयो र हामी संग बोल्दा मास्क लगाउनु भयो र भन्नुभयो पी. सी. आर. जाँचको प्रतिवेदन साथमा छैनभने यहींबाट फर्किनुस, पैयाबाट तपाइँहरुलाई अगाडी जान दिंदैनन I त्यसपछि त झन् धेरै तनाव भयो, तर जे होस् खच्चडले ठुलो गुन लगायो तेइ भएर बाटोमा अरु खच्चडले नमस्कार पनि भेट्यो I????????

हाम्रो यात्राको क्रममा खरिखोला देखि अगाडीको उकालो बाटोमा हामीलाई एकजना सोलुकै पर्यटक क्षेत्रमा काम गर्ने छोङ्ग्बा शेर्पा दाइले भेट्नुभयो र लुक्ला सम्मको पैदल यात्रामा सहजीकरण गरि निश्वार्थ सहयोग गर्नु भयो, छोङ्ग्बा शेर्पा दाइलाई धेरै धेरै धन्यवाद I????

त्यतिमात्र कहाँ होर, यात्रा र बास बस्ने सिलसिलामा हामी त यहीं ओखलढुंगाबाट आएको लुक्ला विमानस्थल हिंडेको फर्किहाल्ने भनि ढाट्नु समेत पर्यो… I

कहिलेकाहीं जीवनमा झुट पनि बोल्नुपर्दो रहेछ I करिब अठार घण्टा उकालो ओरालो हिंडेर पहाडको यात्रामा थोरै भएपनि सफल भएको महशुस आज गरेकोछु I

कोरोनाको यो महामारीमा कसैलाई पनि टाढाको यात्रा नगर्न सुझाव दिन चाहन्छु I

तर हाम्रो तीन दिनको यात्रा सफल भएकोमा भने औधि खुशी छु I

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 2

Leave A Reply

Your email address will not be published. Required fields are marked *