एजेन्सी ,भनिन्छ, प्रधानमन्त्री देश चलाउने पदीय जिम्मेवारी बोकेको मानिस हो । त्यो पदका थुप्रै सीमा हुन्छन् । गैरकानुनी बस्तुको उपभोग र संरक्षण दिन पनि पाइदैन् । तर, यहाँ अवैध यौनधन्दा चलाउने एक यौनकर्मी महिलाको काखमा सुत्न प्रधानमन्त्री समेत जाने गरेको खुलासा भएको छ । बेलायतको राजधानी लण्डनकी एक यौनकर्मी महिलाले सनसनीपूूर्ण खुलासा गरेकी छिन् । मसाज पार्लरको नाममा राजधानी लण्डनमा २० वर्षदेखि यौनधन्दा चलाउँदै आएकी ४२ वर्षीय माइरा लिंग फोर्बले देशका प्रधानमन्त्री समेत यौनसम्पर्कको सन्तुष्टि लिन आफूसँग सुतेको खुलासा गरेकी हुन् ।