काठमाडौं – भिम उपाध्याय लेख्छ्न “मेरो नाममा फेक आईडीहरू खोल्दै फोटोशप गरेर, त्यसको स्क्रिनशट गरेर पटक पटक पोष्ट गरी समाजमा विद्वेष फैलाउने, जातजातिबीच द्वन्द चर्काउने, सीधै गालिगलौच गर्ने र आपराधिक मनसायका शब्द र आतंककारी शैलीमा लेख्ने गरेको पनि पाईएको छ। यसो गरिनु प्रष्ट रूपमा साईबर अपराध हुन्छ। आज एउटा यस्तै फेक आईडी बनाएर मनोज लामा गुरूङले स्क्रिनशट गरी पोष्ट गरेर विभिन्न ग्रुपमा सेयर गरेको घटनालाई मैले पुलिसको साईबर ब्युरोमा उजुरी दिईसकेको छु। अहिले त्यो पोष्ट हटिसकेको पनि देखिन्छ। यसअघि मेरो नामको फेक आईडी नै खोलेको पाउदा फेसबुकलाई रिपोर्ट गरेको केही मिनेटमा नै त्यो फेक आईडी डिसएबल तथा डिएक्टिभेट गरिएको थियो।त्यसअघि कुनै सरू सुनार भन्ने महिलाले मेरो फेक आईडी फोटोशप गरेर दलितलाई गाली गरेको शब्द लेखी बनाएर त्यो पोष्टको स्क्रिनशटलाई ग्रूपमा पोष्ट गरेकी थिईन्, त्यो देखेपछि त्यसलाई मैले सबैलाई फेक स्क्रिनशट हो भनेर सूचना गर्दै पोष्ट गरेपछि हटाएको पाईएको थियो।