Sunday, September 24, 2023

विजयनगरका जनप्रतिनिधिले दशैँ भत्ता विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने

कपिलवस्तु , ६ कार्तिक /विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधिहरुले दशैँ भत्ता नलिने निर्णय गरेका छन् । विहिवार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले दशैँ भत्ता नलिने निर्णय गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनुभएको छ ।

जनप्रतिनिधिहरुले दशैँ भत्ताको रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिने उहाँले बताउनुभयो । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा न्युनिकरणमा खर्च गर्ने गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *