काठमाडौं : काठमाडौं महानगरपालिकाकाले आफ्नो केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने नीतिलाई निरन्तरता दिएको छ।

महानगर प्रमुखको पदभार ग्रहण गरेसँगै मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन एउटै शैली र स्वरुपमा सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए। महानगरपालिकाको पहिलो नगरकार्यपालिकाको बैठकले पनि सोही निर्णय गरेको थियो। त्यसैलाई निरन्तरता दिँदै शुक्रवार मेयर शाक्यले वडा नम्बर ९ को वडा कार्यालय भवनको उद्घाटन गरेका छन्।